रेखा फिल्मसका अनुसार सिनेमा 'हिम्मतवाली'ले रिलिज अगाडि नै लगानी सुरक्षित गरेको छ । आउँदो दशैं फूलपातिमा रिलिज हुने फिल्मले ओभरसिजबाट मात्र १ करोड ग्रस आम्दानी गर्ने जनाइएको छ ।
मोफसल वितरण अधिकार वितरक उज्वल पौडेललाई ४० लाखमा बेचेकी रेखाले संगीत राइट १० लाखमा बुढासुब्बा म्युजिकलाई बिक्री गरिसकेकी छन् । संगीत राइटबापत फिल्मले पब्लिसिटी खर्च उठाएको छ ।
रेखाका अनुसार युरोपका बीस ठाउँ, अमेरिका १५ ठाउँ, क्यानडा ४ ठाउँ, अष्ट्रेलिया, जापान, दक्षिण कोरियामा सिनेमाको राइट बिक्री भैसकेको र अधिकांश मुलुकमा डिल भैसकेको छ । ‘हामीले विदेशबाटै लगानी उठाइसकेका र एक करोड आउने मोटामोटी आंकलन छ’ रेखाले भनिन् ।
फिल्मका अभिनेता सुदर्शन गौतमले पनि रेखालाई ओभरसिज प्रदर्शनमा सघाएका छन् । रेखा थापाका फिल्म मुलुकमा प्रतीक्षित हुने गर्दछन् । अपांगता भएकाको कथा पेश गर्ने सिनेमालाई रेखा स्वयमले निर्देशन गरेकी हुन् । मुख्य अभिनेत्री पनि उनै हुन् ।
Comments[ 0 ]
Post a Comment