काठमाडौं, भदौ २९ –उर्जा मन्त्री राधा ज्ञवालीले तीन वर्ष भित्र पुरै नेपाललाइ लोडसेडिङ मूक्त देश घोषणा गर्ने बताएकी छिन् । सरकारले सोहि अनुसारको निती नियम तयार पारेको भन्दै उनले तीन वर्ष भित्र कार्यन्वयन हुने दाबी गरिन् ।
आज राजधानीमा आयोजीत एक कार्यक्रममा उनले उर्जा विकासमा दलहरुको विचमा सहमती हुन अनिवार्य भएको बताएकी हुन् । आफु पिडिए चाडै गर्न लागि परेको बताउदै उनले पिडिए नेपालको प्रतिष्ठाको विषय भएको उल्लेख गरिन् । पिडिए संझौता भए मात्रै नेपाल प्रति अन्तराष्ट्रिय विश्वास बढ्ने उनको दावि छ ।
नेपाली का“ग्रेस युवा नेता गगन थापाले पिडिए र पिटिए लगायत उर्जाका विषयमा ठूला दलहरुको विचमा सहमति हुन अनिवार्य रहेको बताए ।
एमाओवादी नेता टोपबहादुर रायमाझीले दलहरुको असमझदारीको कारणले पिडिए र पिटिएको विषयमा विवाद आएको भन्दै खुल्ला प्रतिस्पर्धाद्धारा संझौता गराउनु पर्ने बताए । खुल्ला प्रतिस्पर्धाबाट संझौता गराउदा विदेशी लगानी बढ्नको उनको तर्क थियो । नेपाली का“ग्रेस र एमालेले विद्युत क्षेत्रमा भ्रष्टचार गरेका कारण कारण संझौता हुन नसकेको अरोप लगाउदै उनले सुध्रेर आउन समेत आग्रह गरे ।
Comments[ 0 ]
Post a Comment