माइग्रेनको पीडा वा शिरको एक भागमा निकै दुख्ने गर्दछ भने, त्यस्ता मानिसहरूका लागी निकै खुसीको समाचार छ । बास्तबमा हालै गरिएको एक ताजा रिसर्च अनुसार माइग्रेनको समस्या झेलिरहेका मानिसहरूले दैनिक रूपमा औषधी खानुपर्ने काम बाट मुक्ति मिल्न सक्ने देखिएको छ । रिसर्चर्सका अनुसार माइग्रेनका क्रममा शारीरिक सम्बन्ध स्थापित गर्नाले पीडाबाट छुटकारा पाउन सकिन्छ ।
जर्मनीका अनुसन्धानकर्ताहरूले हालै जारी गरेको एक रिपोर्ट अनुसार, माइग्रेनबाट पिडित ६० प्रतिशत मानिसहरू र सामान्यतया असहनीय शिरको पीडा हुने मानिसहरूले यो कुरा स्विकार गरेका थिए कि शारीरिक सम्बन्धले पीडाको असरलाइ कम गर्न धेरैनै मद्द्त गर्दछ । यो निकै उपयोगी सिद्ध भएको उनीहरूले पाएको बताएका छन । यस अनुसन्धानमा माइग्रेनको समस्या भएका ८०० जना मानिसहरू बाहेक अरू २०० जना यस्ता मानिसहरूलाइ सहभागी गरिएको थियो, जसलाइ प्रायजसो टाउको दुख्ने समस्याले पिरोलि रहन्थ्यो ।
अनुसन्धानका क्रममा के पाइयो भने सेक्स गर्ने यस्ता पाँच जना मध्ये एक जनाको यो पीडा पूर्ण रूपमा गायब भएको थियो । अनुसन्धानकर्ता भन्छन कि प्रायजसो टाउको दुखाइका क्रममा मानिसहरू सेक्स गर्न हिच्किचाउँछन, जबकि यसले त उक्त पीडाबाटनै मानिसहरूलाइ मुक्ति दिनमा मद्दत गर्दछ ।
जर्मनीको मुन्स्टर यूनिभर्सिटीमा भएको यस अनुसन्धानमा सहभागी भएका एक अनुसन्धानका बिद्यार्थीले भने कि हामीले के पायौं भने सेक्सले शिरको दुखाइलाइ आंशिक वा पूर्ण रूपमा निको पार्न मद्दत गर्दछ । यदि तिव्र टाउको दुखिरहेको छ भने यस्तोमा सेक्स गर्ने हो भने यो शरीरका लागी पनि निकै फाइदाजनक हुन्छ ।
Comments[ 0 ]
Post a Comment