भिमदत्तनगरपालिका १२, ऐरीमा ४ बर्षदेखि काम गर्दै आएकी १४ वर्षीय बालिकाले मालिकबाटै यौन शोषणमा परेको आरोप लगाएकी छन् । पीडित बालिकाले उनलाई घरमालिक बसन्त रावलले पटक पटक बलात्कार गरी गर्भवतीसमेत बनाएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी हुन् ।
गत बैशाख २ गते रावलकी श्रीमती माइत गएका बेला पहिलोपटक बलात्कार गरेको पीडित बालीकाले बताइन् । ‘आन्टी घर नभएको बेला जबरजस्ती गरेको हो’, पीडित बालिकाले रुँदै भनिन् । रावलले उक्त कुरा कसैलाई भने उनकै घरमा काम गर्ने बालीकाका बुबा र भाईलाई पनि निकालीदिने धम्की दिएपछि कसैलाई नभनेको उनले बताइन् । उनी अहिले महेन्द्रनगरस्थित महिला तथा बृद्ध सेवा केन्द्रमा आश्रय दिएर बुेकी छन् ।
बैशाखदेखि नै महिनावारी हुन रोकीएकी ती बालिकालाई रावलले पटक पटक बलात्कार गरेपछि घरबाट भागेकी थिईन् । ‘उनी घरबाट भागेपछि भारतको बनबासामा पनि सामुहिक बलात्कारमा परिन् ’, पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिदै महिला तथा बृद्ध सेवा केन्द्की अध्यक्ष शारदा चन्दलै भनिन् ‘सेफ हाउसले बालिकालाई इप्रका गड्डाचौकीको जिम्मा लगाएको हो ।’ आजको कान्तिपुरमा समाचार छ ।
Comments[ 0 ]
Post a Comment