पर्वत, श्रावण ३१ । सौतेनी आमाले घरबाट निकालेपछि अलपत्र परेकी धादिङकी एक किशोरी पर्वतमा बलात्कृत भएकी छन् । धादिङको धार्के घर भएकी १७ वर्षीया किशोरी पर्वतको मल्लाज माझफाँटस्थित वारिवेनीमा बलात्कृत भएकी हुन् ।
प्रहरीकाअनुसार उनलाई श्रावण ९ गते काठमाडौंबाट बेनीका लागि छुटेको रात्रीबसमा सौतेनी आमाले जबर्जस्ती चढाएकी थिइन् । पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले म्याग्दीको सिंगा घर भइ माझफाँट ३ वारिवेनीमा होटल सञ्चालन गरी बस्ने कमला भण्डारी, राखु भगवती ९ का गणेश भण्डारी, सोही गाविसका सुजन भण्डारी र भारतीय नागरिक अनिल शर्मालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न चारैजनाविरुद्ध मुद्दा दायर गरिसकिएको पर्वतका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
Comments[ 0 ]
Post a Comment