काठमाडौं, श्रावण २३ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपालगञ्जमा बसभित्र भएको सामूहिक बलात्कारको घटनामा संलग्न ५ जनालाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको बताएका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री गौतमले यस्तो जानकारी गराएका हुन् ।
उनले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनीहरुविरुद्ध छिट्टै मुद्दा दायर गरिने बताए ।
गृहमन्त्री गौतमले पीडितको उपचार भइरहेको र उनलाई एक गैरसरकारी संस्थाको संक्षणमा राखिएको जानकारी समेत दिए ।
Comments[ 0 ]
Post a Comment