काभ्रे– प्रहरीले मिर्गौला तस्करी हुन थालेको २० वर्षपछि त्यसमा संलग्न गिरोहलाई पक्राउ गरी कारबाही थाले पनि तस्करी भने अझै रोकिएको छैन् । तस्करले देखाएको आर्थिक प्रलोभनमा परेर केही दिनअघि मात्र दुईजना भारत गई मिगौला बेचेर फर्केका छन् । ‘मिगौला तस्करी अझै रोकिएको छैन्,’ मिर्गौला
तस्करीविरुद्धका अभियानकर्ता बद्री ढुंगानाले भने,‘तस्करीमा संलग्न एक गिरोह पक्राउ परे पनि अन्य गिरोह सक्रिय रहेको देखियो ।’ मिर्गौला तस्करी भइरहेको घटना पहिलोपटक उनैले सावैजनिक गरिदिएका थिए । ‘मिगौला बेच्नेमा परिवारकै जालो छ,’ उनले बेचेर आउनेको पनि तथ्यांक देखाउँदै भने,‘एउटाले बेचेर आएपछि उसैले परिवारका अन्य सदस्यलाई बेच्न उक्साएको देखिन्छ ।’ मिर्गौला बेचेर आउनेहरुले नै स्थानीय तस्कर बनेर गाउँबाट बेच्ने व्यक्ति खोज्दै राजधानी लैजाने गरेका छन् । उनका अनुसार हालसम्म यहाँ एक सय तीनजनाले मिर्गौला बेचेका छन् । २९ घरका अधिकांश सदस्यले मिर्गौला बेचिसकेका छन् ।
जिल्लाको होक्सेसहित, ज्याम्दी, पाँचखाललगायत स्थानबाट मिर्गौला तस्करी हुने गरेको पाइएको छ । होक्से २ का कृष्ण ठकुरीले भारतमा पुग एउटा मृर्गौला बेचे । तस्करले दिएको पसा सकिएपछि पसाकै लागि ठकुरीका छोरा राम,श्याम,छोरी मुनजा,शान्त,ज्वाइँ अशोकलगायतले पालैपालो मिर्गौला बेचेका थिए । ठकुरीको परिवारमा सात जनाले मिर्गौला बेचिसकेका छन् । होक्से १ का कृष्ण बजगाईले मिर्गौला बेचेर आए । त्यसपछि उनका भाई उलक, बुहारी माकुरी र छोरा उद्धवले पनि मिर्गौला बेचे । कृष्णका साइला भाई प्रेमले तस्करकै भूमिका निर्वाह गरेका थिए ।
Comments[ 0 ]
Post a Comment