देशलाई चिनाउन केही गरौं भन्ने लागिरहेको थियो, आर्ट अफ लिभिङका प्रशिक्षक भावेश खनालको मनमा। डेभलपमेन्ट स्टडिजमा स्नातक यी युवाको मनले सोच्यो, सारा नेपालीलाई एकै ठाउँमा ल्याउन सके कसो होला? यसको लागि उनको मनमा अनेक तर्कनाहरू आए, नेपालीलाई एकै ठाउँमा ल्याउन कस्तो माध्यम अपनाउँदा उत्तम होला त? त्यसपछि उनको मनमा एउटा अक्कल आयो। विभिन्न सामग्री प्रयोग गरेर राष्ट्रिय झन्डा बनाउने। 'शान्ति र समृद्घिको लागि मानवीय मूल्य' नामको संस्थाका संस्थापक अध्यक्षसमेत रहेका भावेशले यस अवधारणाको बारेमा अन्य सहकर्मीहरूसँग छलफल गरे। हाल, उनीहरू यस परिकल्पनालाई सफल बनाउन अहोरात्र खटिरहेका छन्।
यस कार्यक्रम सफल बनाउन विविध पृष्ठभूमि, विविध जातजाति धर्म संस्कृतिबाट आएका ३५ हजार नेपाली सहभागी हुनेछन्। ३५ हजार नेपालीले बनाएको मानव निर्मित यस झन्डाले गिनिज बुकका नाम लेखाएर विश्व रेकर्ड तोड्ने महत्त्वाकांक्षी योजना छ उनीहरूको। 'समग्र सहभागीको प्रयासबाट एक अनुपम र विश्वकै ठूलो मानव निर्मित झन्डा बन्नेछ र सहभागीले नेपालको राष्ट्रिय झन्डाको एक भाग आफ्नो शिरमाथि राख्नेछन्', भावेश भन्छन्।
भावेशजस्तै अर्का युवा प्रकाश कोइराला पनि कार्यक्रम सफल बनाउन हरसम्भव प्रयासमा छन्। यस कार्यक्रमका संयोजक पनि हुन् उनी। भन्छन्,'यस कार्यक्रम आयोजना गर्नुको मूल मर्म नै नेपालको राष्ट्रिय झन्डाको प्रचार गर्नु र समग्र नेपालीमा राष्ट्रियताको भावना जगाउनु हो।' नेपालको झन्डा विश्वमै पृथक् र अद्वितीय भएर पनि पर्याप्त प्रचार नभएकोले यसको विश्वभर प्रचार गर्नु आवश्यक रहेको उनी औंल्याउँछन्।
यस्ता कार्यक्रमले नेपालको झन्डा विश्वभर प्रचार हुने र राष्ट्रकै नाम उच्च बनाउन मद्दत गर्नेछ। साथै यहाँका अलग जातजाति, धर्म, संस्कृति मान्ने मानिसमा अनेकतामा एकता छ भन्ने सन्देश कार्यक्रम आयोजकहरूको आशा छ। नेपाली-नेपालीबीचमा सद्भाव, सहकार्यको वृद्धि गराउने पनि निश्चित छ। शान्ति र समृद्धिको विकास गर्छ र समाजका लागि मानवीय मूल्य र राष्ट्रियता मजबुत पार्न, विविधताको सम्मान गर्न र एकताको प्रयास दिन, एकताको भाव बढाउन पक्कै मद्दत गर्नेछ।
यसै कार्यक्रममा संलग्न रोजी वाग्ले खनालका अनुसार यो कार्यक्रम भदौ ७ गते शनिबारको दिनमा काठमाडौंको खुल्ला मञ्चमा हुनेछ। यसका लागि एक महिनाअघिदेखि नै दुई हजार स्वंयसेवकले प्रचारप्रसारको काम गरिरहेका छन्।
यस कार्यक्रम सफल बनाउन विविध पृष्ठभूमि, विविध जातजाति धर्म संस्कृतिबाट आएका ३५ हजार नेपाली सहभागी हुनेछन्। ३५ हजार नेपालीले बनाएको मानव निर्मित यस झन्डाले गिनिज बुकका नाम लेखाएर विश्व रेकर्ड तोड्ने महात्त्वाकांक्षी योजना छ उनीहरूको।
यो कार्यक्रम सफल बनाउन विविध पृष्ठभूमि, विविध जातजाति धरेम संस्कृतिबाट आएका ३५ हजार नेपाली सहभागी हुनेछन्। उनीहरुले बनाएको मानव निर्मित यस झन्डाले गिनिज बुकमा नाम लेखएर विश्व रेकर्ड तोड्ने महत्वाकांक्षी योजना छ।
विशेषगरी स्कुल र कलेजबाट विद्यार्थीलाई सहभागी स्वयंसेवकहरू स्कुल, कलेजमा प्रचार गरिरहेका छन्। यस्तै अन्य सरकारी तथा गैरसरकारी संस्थाका सदस्यहरू पनि यस कार्यक्रममा सहभागी बन्न सक्नेछन्। यस कार्यक्रममा युवादेखि ७३ वर्षसम्मका मानिसहरू सहभागी बन्नका लागि नाम दर्ता गरिसकेका छन्। अन्य इच्छुकका लागि त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा गएर नाम लेखाउन सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रम सफल बनाउन लागिपरेका विशेषगरी पुल्चोक र काठमाडौं इन्जिनियरिङ कलेजका १२ जना इन्जिनियरहरू सामूहिक कार्य गरिरहेका छन्। त्यसमध्ये एक हुन् दुर्गेश प्रधान। अटोक्याड प्रयोग गरेर उनले एरिया म्यापिङ र ग्रिडिङ गरिसकेका छन्। उनी भन्छन्, 'यस कार्यक्रमको लागि क्यालकुलेसन गर्नमात्रै चार दिन लाग्यो।' उनीहरूको योजनाअनुसार, कार्यक्रमस्थलमा धेरैवटा बफर जोन बनाइनेछ, प्रत्येक बफर जोनमा दुई सय मानिस अट्नेछन्। सहभागीहरूले सेतो, नीलो र रातो रङको टेम्प्लेट लिएर उभिनेछन्। योजनाअनुसार कार्यक्रम बिहान ६ बजे सुरु हुनेछ र ९:३० मा यसको प्रदर्शन भइसक्ने कार्यक्रम छ। सहभागीहरूले नाम दर्ता भएपछि पाउने एक प्रकारको कोड हुन्छ त्यसैअनुसार उनीहरूले गेटपास पाउनेछन्।
कार्यक्रमका परिकल्पनाकार भावेश बंगलादेश, रसिया र पाकिस्तानले यसभन्दा पहिला यस्तै कीर्तिमान राखिसकेको छ। तर पाकिस्तानमा २८ हजार नौ सय ५७ जनाको सहभागितामा राष्ट्रिय झन्डाको कीर्तिमान बनेको थियो। भावेश भन्छन्,'हामी यस कीर्तिमानलाई सम्मान गर्दै नेपालको कीर्तिमान बनाउन लागेका छौं।' उनीहरूलाई पहिला ३५ हजार सहभागी नहोलान् भन्ने चिन्ता लागेको थियो तर सहभागीहरूको बहाव देख्दा टुँडिखेलमा मान्छे नअटाऊलान् जस्तो लागेको छ, उनीहरूलाई।
राष्ट्रिय गानसँगै प्रदर्शनीको एरियल भ्युबाट यसको अवलोकन गर्न सकिनेछ। यस कार्यक्रममा वर्ल्ड रेकर्डका टोली पनि नेपाल आउने तय भइसकेको छ। यसका लागि आर्ट अफ लिभिङ साथै अन्य संस्थाले सहयोग गरेका छन्। उनीहरूले स्वयम्सेवक उपलब्ध गराएका छन् भने आवश्यक मार्गदर्शन पनि दिइरहेका छन्। 'वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि ठूलो सहयोग गरेका गर्नुभएको छ।', भावेश भन्छन्। कार्यक्रम सफल बनाउनको लागि ४१ लाख खर्च हुने अनुमान आयोजकको छ।
Comments[ 0 ]
Post a Comment