२२ साउन, काठमाडौं । रक्सी र जुवाको कुलतमा फसेका श्रीमानले ललाई-फकाई, तर्साई-धम्काई श्रीमतीलाई देहव्यापारमा लगाउँछ । छोरीलाई पुरुषको ओछ्यानसम्म पुर्याउँछिन् आमा । बहिनीलाई बेचिदिन्छ दाजु । सम्बन्धहरु कतिसम्म क्रुर भएका हुन्, मान्छेहरु कतिसम्म गिरेका हुन् ।
राजधानी तथा देशका थुप्रै शहरमा फस्टाइरहेको छ देहव्यापार । विभिन्न बाध्यताले यो पेशा अपनाएका महिलामध्ये केही यस्ता छन्, जसलाई आफ्नैले अँध्यारोमा धकेलिदिए ।
घटना १
सिन्धुपाल्चोकका दीपक पण्डितले भक्तपुर बालकोटमा किरानापसल थापे । जुवा र रक्सीको उनको अम्मललाई पसलले धान्न सकेन । त्यसपछि उनले त्यही पसलपछाडी रहेको आफू सुत्ने कोठामा यौन्धन्दा चलाए । उनले आफ्नी श्रीमती बिना (नाम परिवर्तन) लाई धन्दामा लगाए । उनी ग्राहक खौज्दै कोठामा लैजान्थे र आफ्नी श्रीमती अर्कालाई सुम्पिन्थे । छोरछोरीलाई कोठामा पस्न दिँदैनथे । रीमतीलाई दिनभरी देहव्यापारमा लगाउँथे । सजिलै आम्दानीको स्रोत फेला परेपछि उनले त्यसलाई ठमेलको मसाज सेन्टरसम्म विस्तार गरे । बिना शारीरिक र मानिसक यातनाले जर्जर भइन् । उता दीपक भने उनले कमाइदिएको पैसाले मोजमस्ती गरे ।
घटना २
राम पनेरले नयँ बसपार्क छेउमा चियापसल खोले । हरमा दुःखजिलो गरेर छोरीछोरी पढाउँला, खुनले बाचौँला भन्ने सपना देखेकी थिइन्, उनकी श्रीमती मिना (नाम परिवर्तन) ले । रामले श्रीमतीलाई यहाँ बाँचन अरु चिज पनि गर्नुपर्छ भन्न थाले । सबैले त्यस्तै गर्छन्, रमाइलो हुन्छ भन्दै फकाउन थाले । एकजना चिनेजानेकै युवकसँग त्इस्तो गर्न भने । श्रीमान्को दुःख देखेकी उनले रुँदै त्यो परपुरुषलाई आफ्नै श्रीमान्का अघि स्वीकारिन् । त्यसपछि रामले दिनदिनै नयाँ युवक ल्याउँदै श्रीमतीलाई तिनीहरुको यौन प्यास मेटाउन बाध्य पारे ।
टिनको छाप्रोमा बाहिर चिया पसर भित्र अर्थोकै पसल चलाए रामले । कमाइ एकैचोटी बढेपछि झन् लोभिए उनी । त्यसपछि भतिजिी पर्ने २० वर्षे ललिता (नाम परिवर्तन) लाई पनि जागिर लाइदिने बहानामा काठमाडौं बोलाए ।
घटना ३
पाँच वर्षअघि श्रीमान् बितेपछि घरपरिवार धान्ने जिम्मा गीता मिजारको काँधमा आइपर्यो । चार छोराछोरी हुर्काउने, बढाउने, पढाउने जिम्मा मुख्य थियो । गउाँमा मेलापात गरेर बाँच्न नसकिने देखेपछि उनी झिटीगुन्टा बोकेर राजधानी पसिन् । घरखेत बेचेर ल्याएको पाँच लाख रुपैयाँ हालेर कोटेश्वरमा एउटा होटल किनिन् । होटलमा यौनकर्मी केटी राख्ने धेरै प्रयास गरिन् तर भेटिएनन् । अन्तिममा आफ्नै दुईजना किशोरी छोरी उनको दाउमा परे । क्याम्पस पढ्ने छोरीलाई उनले फकाई फुलाई धन्दामा लगाइन् । गीताका छोरी विदेशमा थिए । उनले बुहारीलाई पनि धन्दामा लगाइन् ।
घटना ४
बाबु बिते, आमा अर्कैसंग गईन् । त्यसपछि धनकुटाकाको हिलेमा आफन्तसँग बस्थिन् रीमा । नाताले सानीआमा पर्नेको होटलमा भाँडा माझ्थिन् । एकदिन सानीआमाले राम्रो होटलमा काम लगायदिने भन्दै धरान ल्याइन् । हिलेको गाडीमा धरान आएपछि दुई पुरुष उनलाई लिन आए । सानीआमासँग के कृ गफ गरेपछि रीमालाई लिएर उनीहरु इटहरीतर्फ लागे । सानीआमा हिले फर्किन् । त्यसपछि रीमालाई इटहरीको एक क्याबिन रेस्टुरेन्टमा पुर्याइयो । सुरुमा सरसफाइ गर्ने, भााडा माझ्ने काम गरेँ । बिस्तारै कोठामा ग्राहकलाई बियर पुर्याउन लगाए, त्यसपछि ग्राहकसँथग सुत्न जा भन्न थाले नमान्दा जबर्जस्ती गरे । प्रहरीको फन्दामा परेकी उनले आफ्नो कथा सुनाइन् ।
Comments[ 0 ]
Post a Comment