झापा, साउन २४– सभामुख सुभासचन्द्र नेम्बाङले तोकिएको समयमा संविधान बन्ने निश्चित भएको दाबी गरेका छन् ।
झापाको धुलाबारीमा रहेको धुलाबारी उच्चमाध्यमिक विद्यालयको निरीक्षणमा आएका नेम्बाङले पहिलो संविधानसभाले गरेका सबै कामको स्वामित्व ग्रहण गरिसकेको र बाँकी विषयमा पनि छलफल भइरहेकाले माघ ८ गते नेपाली जनताले नयाँ संविधान पाउने दाबी गरे ।
“महाधिवेशन सकियो, भ्रमण सकियो, अब कुनै बहाना दलसँग बाँकी छैन”, उनले संविधानमा ध्यान केन्द्रित गर्न सभासद्हरुलाई आग्रह गर्दै भने, “जिल्ला जाने र विदेश जाने काम सभासद्हरुले बन्द गर्नुपर्छ ।”
Comments[ 0 ]
Post a Comment