२१ साउन बुटवल, रुपन्देहीको देवदहकी एक छात्रा होस्टल वार्डेनको जिम्मा पाएका शिक्षकबाटै यौन दुव्र्यवहारको शिकार भएकी छन् ।
छात्रावासमा बस्दै आएकी देवदहको बुद्ध पब्लिक बोर्डिङ स्कुलको कक्षा १० की १६ वर्षे छात्रामाथि यौन दुव्र्यवहार भएको हो । पटक पटक संवेदनशील अंग छुने र यौन उत्तेजनाका कुरा गरेर आजित पारेका शिक्षकले गृहकार्य जाच्ने नाममा आफ्नो कोठामा बोलाएर जवरजस्ती बलत्कारको प्रयास गरेपछि छात्राले न्यायका लागि उजुरी गरेकी छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार होस्टल वार्डेन तथा विज्ञान शिक्षक श्रवण कुमार बानियाँलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । आइतबार राति करिब ९ बजे गृहकार्य जाच्न भन्दै बोलाएका शिक्षकले कम्बरमा समातेर जवरजस्ती करणीको प्रयास गरेपछि छात्रा फुत्किएर चिच्याउदै भागेकी थिइन् ।
पीडितका तर्फबाट उनका बुवाले जवरजस्ती करणी उद्योगमा सोमबार जाहेरी दिएका छन् । प्रहरी निरीक्षक सम थापाले घटनास्थलको अध्ययन तथा बुवाको जाहेरीका आधारमा मंगलबार जिल्ला अदालत रुपन्देहीबाट ५ दिने म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।
Comments[ 0 ]
Post a Comment