जापानमा शक्तिशाली भुकम्पका कारण भएको ज्वालामुखी बिष्फोटनमा ८ जनाको मृत्यु भएको छ । शनिबार बिहान माउन्ट ओन्टाकेमा आएको यो ज्वालामुखी बिष्फोटन पछिल्लो सात वर्षयताको सबैभन्दा ठुलो भएको जापानी अधिकारीहरुले जनाएका छन् । सयौँ मानिस तातो लाभाले पुरिएको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्वालामुखी बिष्फोटन हुन अझै नरोकिएको बताइएको छ । बिष्फोटका कारण भएको क्षतिको पुरा बिबरण भने संकलन गर्न सकिएको छैन ।
Comments[ 0 ]
Post a Comment